Browsing Category

Focus On

शुरुवाती दिनहरुदेखि नै संस्थाले मुनाफा रहित,गैर राजनीतिक र जनहितकारी सामाजिक संस्था हुनेछ यो संस्था मुनाफा रहित,गैर राजनीतिक र जनहितकारी सामाजिक संस्था हुनेछ । राष्ट्र,राष्ट्रियता र देशभक्तिपूर्ण भावनाका साथ आफ्नो भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने।गरीब तथा जेहेनदार विद्यार्थीहरूका लागि आफ्नो सेवा क्षेत्रमा संचालित विद्यालयहरूमा “स्व. जयसिंह महता स्मृति छात्रवृति कोष” स्थापना गरी वितरण गर्ने।
स्व. जयसिंह महताको नाममा उहाँको जन्मस्थल शिवनाथ गाउँपालिकामा सर्वसुलभ स्वास्थ्य सेवा प्रदायक सामुदायिक अस्पताल खोल्न सरकारसंग समन्वय गरी आवश्यक पहल गर्ने।भूकम्प, बाढी पहिरो, आगलागि जस्ता प्राकृतिक प्रकोप/बिपत्तिका बेला आवश्यक उद्दार तथा राहत सहयोग जुटाउने।महिला ,बालबालिका, दलित तथा पिछडिएको वर्गहरुको लागि उत्थानका लागि शिक्षा,स्वास्थ्य बारे चेतनामूलक कार्यक्रम संचालन गर्ने।स्वास्थ्य, शिक्षा र खेलकुदको विकास गर्न अग्रसर हुने ।
नगरपालिका \ गाउँपालिका/ वडामा भएका छुवाछूत, छाउपडी जस्ता सामाजिक विकृति तथा विसंगति हटाई समतामूलक समाज निर्माणका लागि विशेष जोड दिने।
युवाहरुलाई कुलतबाट बचाउने, समाजिक विकासमा सरिक गराउने, सहयोगको भावना जागृत गराउने र स्वरोजगार सृजना गराउने खालको गतिविधि संचालन गर्ने ।
सरकारी/गैरसरकारी तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुसँग समन्वय गरी सम्बन्ध स्थापना गर्ने।
दातृ संस्थाहरुबाट कुनै सर्त नराखि प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने ।
बृद्ध-बृद्धा, असहाय,दीनदु:खी र एकल महिलाहरुलाई सक्दो सहयोग र पुनर्स्थापना गरी सम्मान गर्ने।मठ-मन्दिर, देवगुठी जस्ता धार्मिकस्थल,विद्यालय तथा अन्य सार्वजनिक सम्पतिको सुरक्षा गर्न योगदान गर्ने।भ्रष्टाचार विरुद्ध स्थापित सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य र समन्वय गरी स्थानीय तहमा हुन सक्ने भ्रष्टाचारलाई निरूत्साहित पार्ने।यस संस्थासँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी वा गैर–सरकारी संघ–संस्थाहरुसँग समन्वय कायम गरी विभिन्न सामाजिक सेवासँग सम्बन्धित कार्यहरु गर्ने ।
स्व.जयसिंह महताको स्मृति दिवशका अवसरमा रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण, सरसफाई कार्यक्रम आयोजना गर्ने ।सीपमूलक कार्यक्रम सञ्चालन गरी स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने।लागु पदार्थका विरुद्ध जनचेतना जगाउने ।चेलीबेटी बेचबिखन विरुद्ध चेतना जगाउने ।सांस्कृतिक ,बौद्धिक तथा खेलकुदको विकासका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्ने ।विभिन्न विषयमा अध्ययन, अनुसन्धान, प्रकाशन, गोष्ठी, सेमिनार तथा अन्तरक्रियाहरु सञ्चालन गर्ने, गराउने।शारिरीक अपाङ्गहरुको जीवनस्तर वृद्घि गरी प्रतिष्ठित जीवन यापन गर्न मद्दत गर्ने।संस्थाले आवश्यक ठानेका सामाजिक क्षेत्रका समयानुकूल अन्य विविध रचनात्मक कार्य गर्ने।