JSMMF Vision

१०४ वर्षे लामो राणाकालीन अन्धकारमय कालरात्री अन्त हुनुभन्दा करिव ३ वर्ष अघि वि. स. २००४ सालमा बैतडीको दुर्गम साविकको उदयदेव गाविस वडा नं. ६ हालको शिवनाथ गाउँपालिका-४ मा जन्मिनु भएका स्व.जयसिंह महताले भारतको मुम्बईबाट मेट्रीक उत्तीर्ण गरी गाउँ फर्केर विभिन्न सामाजिक अभियानमा जुट्दै गाउँबाट करिव १.५- २ घण्टा हिडेर प्राथमिक तहको शिक्षा लिनु पर्ने बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै वि. स.२०२६ मा आफ्नो जमिन दान गरि गाउँले सबैलाई सहयोगको हात फैलाउदै विद्यालयको स्थापना गर्नु भयो, प्रेरणादायी कुरा जतिखेर उहाँको उमेर २२ वर्षको थियो । आफैंले नि:शुल्क पठनपाठन गराएर श्रमदान सीविर खडा गरि छोराछोरीहरुलाई स्कुल पठाउनु पर्छ, शिक्षित बनाउनुपर्छ भन्दै समाजिक चेतना फैलाउदै उहाँकै पहलमा विद्यालयको भौतिक संरचना, शिक्षकको जोहो गरि थप स्तरोन्नति गर्दै दुर्गमको शिक्षा क्षेत्रलाई अगाडि बढाउदै सामाजिक क्षेत्रमा अभूतपूर्व काम गर्दै उदाउनु भयो । राणाकालीन शासन सत्ताको अवशेषका रूपमा तत्कालीन समाजमा विद्यमान ठालुहरूको शोषण,दमन,उत्पीडनका विरूद्ध शसक्त नागरिक आवाज बुलन्दै गर्दै सामाजिक कार्यका साथै राजनीतिमा प्रवेश गरी लामो समयसम्म समग्र जिल्लाकै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक आदिका क्षेत्रमा गर्नुभएको आजीवन समाजसेवाको योगदानलाई स्मरण गर्दछौँ ।
वि.स. २०५४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएर जिविस बैतडीको तेस्रो पटक सभापतिको बाघडोर समालेको १ वर्षको अल्पायूमै स्वर्गारोहरण भएका स्व.जयसिंह महताबाट हामी बाल्यकालमै भएकाले धेरै सिक्न नपाए पनि उहाँले गरेका कयौं सामाजिक कामहरुबाट प्रेरित हुँदै अगाडि बढ्ने कोसिस गरेका छौँ । उहाँको नामबाट गरिव जेहन्दार विद्यार्थीलाई सहयोग गर्नुका साथै असाहय, दीन दु:खीहरुलाई सहयोग गर्दै परोपकारी कार्य गर्दै आएकाछौँ । उहाँले परिकल्पना गर्नु भएको समुन्नत समाजका लागि जयसिंह महता स्मृति प्रतिष्ठानबाट सक्दो हितकारी,परोपकारी कार्य गर्दै यसलाई बृहत् गरि सक्दो समाजसेवा गर्ने प्ररण गरेकाछौं ।
उहाँका कयौं उदारहणीय कर्महरुले हामीलाई साहस दिने गरेको छ, जुनसुकै चुनौतीको पनि सामना गर्ने शक्ति दिने गरेको छ ।
उहाँ यो संसारबाट बिदा भएको १९ वर्ष भएपनि उहाँका कृतिहरु जीवत छन् , ती कामहरुले नै हामीलाई मार्गदर्शन गरेका छन् । उहाँले सामाजिक, राजनीतिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि जीवित छदैका पदबी, कदर पत्र र मरणोपरान्त विभिन्न संघसंस्थाले गरेका सम्मानले नै थप अगाडि बढ्न प्रेरित गरेका छन् ।