क्रिपया हाम्रो बारेमा थाहा पाउन तल उल्लेखित विबरण पढ्नुहोस

प्रजातन्त्रको गर्भसंगै २००४ सालमा बैतडीको दुर्गम गाउँ उदयदेवमा जन्मिनु भएका जिल्लाकै चर्चित राजनीतिक व्यक्तित्व एवं समाजसेवी स्व. जयसिह महता ले किशोरावस्था देखि नै राणाकालीन शासन सत्ताको अवशेषका रूपमा तत्कालीन समाजमा विद्यमान ठालुहरूको शोषण,दमन,उत्पीडनका विरूद्ध शसक्त नागरिक आवाज बुलन्दै गर्दै राजनीतिमा प्रवेश गरी लामो समयसम्म समग्र जिल्लाकै शिक्षा, स्वास्थ्य, खानेपानी आदिका क्षेत्रमा गर्नुभएको आजीवन समाजसेवाको योगदानलाई स्मरण गर्दै वहाँले परिकल्पना गर्नु भएको सभ्य,समुन्नत तथा समतामूलक समाज निर्माणका लागि बैतडी जिल्लालाई सेवामूलक क्षेत्रका रूपमा लिई जयसिहं महता स्मृति प्रतिष्ठान गठन गरिएको छ!

स्व .समाजसेवी जय सिहं महताको समाज परिवर्तनका लागि पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै उहाँका बाकी सपनाहरुलाइ साकार पार्ने योजनाका साथ हामीले यस प्रतिष्ठानलाई माध्यम बनाउने प्रयास गरेका छौ । हिजोको समाज र अाजको समाजमा धेरै फरक छ । सबै बौद्धिक वर्गको सुचीमा पर्छन तर विकास र परिवर्तनका लागि अावाज भने शुन्य उठाएको अवस्थामा यस प्रतिष्ठानले बोलन्द अावाजका साथमा विकासका लागि समाज परिवर्तनका लागि स्व महताका पाइला पछ्याइ रहनेछ ।

पुर्व जि वि स सभापति एवम् समाजसेवी स्व . जय सिहं महताले समाज परिवर्तनका लागि पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै उहाँका बाकी सपनाहरुलाइ साकार पार्ने योजनाका साथ हामीले यस प्रतिष्ठानलाई माध्यम बनाउने प्रयास गरेका छौ ।

स्वर्गीय महताले खानेपानी ,बाटोघाटो ,शिक्षा ,स्वास्थ्य ,लगायताका भौतिक विकासका पुर्वाधारहरुको विकास विस्तारमा अहम भुमिका खेल्नु भएको थियो भने समाजिक विकृति ,विसंगति लाई हटाउने विषयमा पनि उहाँले अावाज उठाएको पाइन्छ ।

उहाँको हजारौं सपना मध्येको एक हो समृद्ध बैतडी बनाउने, त्यसैले हामीले उहाँका सपनालाई पुरा गर्न र समृद्ध समाजको परिकल्पनाका साथ समाज परिवर्तनलाई मुख्य विषय बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ । समाजका जल्दाबल्दा समस्या न्यूनीकरण कसरी गर्न सकिन्छ ,गरिब तथा विपन्न वर्गहरुको हकहितका लागि अावाज उठाउने र उहाँहरुलाई अाइपरेका जटिल समस्याको समाधानका लागि पहल चाल्ने , स्थानीय सरकारसँग हरेका विकास निर्माणका कामहरुमा सहकार्य गर्ने , शिक्षा ,स्वास्थ ,खानेपानी ,यातायात ,विधुत, लगायतका विकासका पुर्वाधारहरुको विकासका लागि पहल गर्ने,

मुख्यत :शिवनाथ गाउँ पालिकालाई भ्रष्टाचार मुक्त बनाउने प्रमुख योजना रहनेछ , हिजोको समाज र अाजको समाजमा धेरै फरक छ । सबै बौद्धिक वर्गको सुचीमा पर्छन तर विकास र परिवर्तनका लागि अावाज भने कसैले उठाएको पाइदैन । शिवनाथ गाउँपालिकाभित्र राजनीति गर्ने धेरै जसो राजनीतिक कर्मीहरुले केबल व्यक्तिगत स्वार्थ पुर्तिका लागि र परिवार पाल्नकै लागि राजनिति गरेको पाइन्छ । त्यसैले अबको जिम्मेवारी युवाहरुको काँधमा छ । जबसम्म युवा अघि बढ्दैनन् तबसम्म समाजका कुनै किसिमको विकास हुदैन भन्ने कुरा प्रष्ट भएको छ । त्यसले अब यस प्रतिष्ठानले बोलन्द अावाजका साथमा विकासका लागि समाज परिवर्तनका लागि स्व महताका पाइला पछ्याइ रहनेछ ।

स्वार्थभन्दा माथि सेवा भन्ने भावनालाई आत्मसात् गरी सेवा गर्ने अवसर वा मौकाको उपयोग गर्दै अन्तर्राष्ट्रिय समझदारी, सदाशयता, विश्वशान्ति, समाजमा रहेका विभिन्न वर्ग तथा समुदायको हित तथा सहयोगको लागि पेशा वा व्यवसायको उत्तिकै सम्मान या कदर गर्दै विभिन्न पेशा या व्यवसायमा लागेका व्यक्तिहरूबीच आपसी समन्वय, एकता, सद्भाव, पेशागत आचरण, उच्च नैतिकता तथा शिष्टाचार अभिवृद्धि गरी सम्पूर्ण मानव समुदायको हितको कार्यमा संस्थागतरूपमा अग्रसर हुन, उत्साहित गर्न र एकताबद्ध भई सेवा गर्ने पवित्र उद्देश्यले ‘जय सिंह महता मेमोरीयल फ़ाउंडेशन’ नामक संस्थाको यो विधान बनाई संस्थापना गरिएको छ।